काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।
अहिले काठमाडौं उपत्यकासहित पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ । पश्चिम र मध्य तराईका भूभागमा हुस्सु–कुहिरो लागेको छ । यी ठाउँ बाहेकका क्षेत्रको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तराईमा लागेको कुहिरो पनि दिउँसो हटेर मौसम सफा हुनेछ ।राति देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मितिः २०७६ माघ १२ आइतबार
Comments