काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट करिब ९० जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
“हामीले साइबर अपराधको पूर्वसूचना पाएकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,” केन्द्रीय अनुसन्धान ब्यूरोका एक प्रहरी अधिकारीले भने ।
उनीहरु सबैलाई काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबै चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ । अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं प्रहरीको संयुक्त अप्रेशनमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रकाशित मितिः २०७६ पौष ७ सोमबार
Comments