जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–४ शुक्रबारे बजारको सडकमा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडक ठप्प पारेको छ।
सडकबीचमा रहेको कालो झोलामा बम हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले शंकास्पद वस्तु यकिन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको जनाएको छ।
सो क्षेत्रमा सर्वसाधारणको आवागमनमा रोक लगाइएको छ । शंकास्पद बस्तु फेला परेको क्षेत्र भन्दा केही अगाडि नेपाल राष्ट्र बैंक र संघीय प्रहरी एकाई जनकपुरधामको कार्यालय रहेको छ ।
घटनास्थलमा खतराको संकेत रातो झण्डा राखिएको छ। धनुषाको महेन्द्रनगरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएदेखि श्रृंखलाबद्ध रूपमा शंकास्पद वस्तु भेटिन थालेको छ। यसयघि चार ठाउँमा शंकास्पद वस्तु फेला परेको थियो।
प्रकाशित मितिः २०७६ पौष ७ सोमबार
Comments