काठमाडौँ । बसको ठक्करबाट काठमाडौँको सुकेधारामा २१ वर्षीया सृष्टि पन्तको मृत्यु भएको छ । भक्तपुर–काठमाडौँ चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट पशुपति क्याम्पस चाबहिलमा उनको मृत्यु भएको हो । उनी स्नातक चौथो वर्षमा अध्ययनरत रहेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।
सहपाठीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । आगजनीका कारण बस क्षतिग्रस्त बनेको छ । आगजनीको आरोपमा केही विद्यार्थीहरु पक्राउ परेका छन् । विद्यार्थीको प्रदर्शनका कारण प्रभावित बनेको थियो ।
प्रकाशित मितिः २०७६ पौष ७ सोमबार
Comments