काठमाडौं । काठमाडौंको सुकेधारामा आज बिहानै बसको ठक्करबाट गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुम्बाराही बस्ने गोरखाकी २२ वर्षीया सृष्टि पन्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान पौने ६ बजे बा ४ ख ५९२० नम्बरको बसले पैदल हिंडिरहेकी पन्तलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
पन्तको चावहिल स्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित मितिः २०७६ पौष ७ सोमबार
Comments