भक्तपुर। सुर्यविनायक नगरपालिका–५ चुनदेवीमा शनिबार बेलुकी गुडिरहेको टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–६ का २० वर्षीय सोनाम तामाङ रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा ५ ख ३५६८ नम्बरको टिपरमा बा ३६ प ५५३ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे ठोक्किँदा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।
टिपर र मोटरसाइकल महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७६ पौष ६ आइतबार
Comments