भक्तपुरः नेपाल विद्युत प्राधिकरणले भोलि शनिबार भक्तपुरमा विद्युत आपूर्ति बन्द हुने बताएको छ ।
प्रसारणलाइनको क्षमता बढाउन प्राधिकरणले भक्तपुर सवस्टेशनमा १३२ र ११ केभीको नयाँ ट्रान्सफर्मर चार्ज गर्न लागेकाले शनिबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।
नगरकोट, सूर्यविनायक, नलिनचोक, खोपासी, ठिमी, ब्रिक र कटुञ्जे फिडरअन्तर्गत पर्ने क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुनेछ ।
विद्युत आपूर्ति बन्द हुँदा त्यसबाट पर्ने असरप्रति प्राधिकरणले क्षमा मागेको छ ।
प्रकाशित मितिः शुक्रबार, पुस ४
Comments