काठमाडौंः सरकारले नेपाल–भारतको सीमा क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ ।
आज नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने जानकारी दिएका हुन् ।
यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो । चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन् ।
भारतले नेपालको भूमि समेटेर भारतले आफ्नो नक्सामा नेपालको भूमि समेटेपछि विवाद बढेको अवस्थामा सरकारले यस्तो निर्णय लिएको हो ।
यस्तै, गत मंसिर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी पदमा तथा सहायक रथी निर्मलकुमार थापालाई उपरथी पदमा र महासेनानी नारायण सिलवाललाई सहायकरथी पदमा पदोन्नति गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
मन्त्री बाँस्कोटाका अनुसार महासेनानी दीप सिंह र प्राविधिक महासेनानी अमित जोशीको राजीनामा स्वीकृत गरिएको छ ।
प्रकाशित मितिः बिहीबार, पुस ३
Comments