झापा । विर्तामोड नगरपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलामको इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार विरगंजबाट काकडभिट्टा जाँदै गरेको ना ४ ख ६११६ नम्बरको बसले पैदल हिडीरहेका उनलाई आज बिहान पौने ६ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका ढुंगेललाई उपचारको लागि विएण्डसी अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमणीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः शुक्रबार, पुस ४
Comments