काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४९ सवारी चालक कारवाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८१ जना, लेन उल्लंघन गर्ने ९५ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने २५ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३८ जना, टिपर कारबाहीमा ७३ जना, सिसिटिभीमार्फत कारबाही ९९ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय २ जना, अनावश्यक हर्न बजाउने ५३ जना, ब्हील लकबाट १ सय २७ जना र अन्य १ हजार २ सय ५६ जना गरी जम्मा २ हजार ४९ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा बिहीबार ३३ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जना गम्भीर घाइते र १७ जना सामान्य घाइते भएका छन् ।
महाशाखाका अनुसार बिहीबार १७ हजार ५ सय ६७ सवारी साधनबाट ९० हजार ६२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १५ हजार ६ सय ९१ सवारी साधनबाट ८६ हजार ८ सय ३४ जना यात्रु बाहिरिएका छन् ।
प्रकाशित मितिः शुक्रबार, पुस ४
Comments