काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पुर्वी तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ ।
नेपालको पश्चिमी भू-भागमा पश्चिमि वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ । महाशाखाले पूर्वी र मध्य तराईका केही स्थानमा सामान्य हुस्सुरकुहिरो देखिएको हुँदा सो स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढेको जनाएको छ ।
देशको पश्चिमि र मध्य भू-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ।
साथै पश्चिम भेगका उच्च पहाडीरहिमालि भू-भागमा हल्का हिमपात र पश्चिमि पहाडी
भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातीस् देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडीरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
प्रकाशित मितिः शुक्रबार ०४ पौष
Comments