भक्तपुर । भक्तपुर नगरपालिकाले दुधपाटीमा रहेका औषधि पसलमा बिहिबार अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा उक्त क्षेत्रका औषधि पसलमा अनुगमन गरेको हो ।
अनुगमन टोलीले भैरब फार्मेसी, दिप फर्मा प्रा.लि., डोलेश्वर फर्मा, रोज डेण्टल केयर प्रा.लि., प्राइम डेण्टल, अधिकारी फर्मेसी, उत्तम मेडिकल र अल्फा मेडिकल हलमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा विभिन्न औषधीहरु रेफ्रिरेजेटरमा राख्नु पर्नेमा त्यसो नगरिएको, नविकरण नगरिएको, म्याद नाघेको औषधिहरु छुट्टै नराखिएको, औषधि पसलमा बस्ने व्यक्ति औषधि विभागको अनुमति पत्र नभएको, प्यान सहितको विक्रि विल नपाइएको, सरसफाई तथा औजार उपकरण निर्मलीकरण व्यवस्थापन नगरिएको भेटिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।
प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार
Comments