दाङ । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भए पछि विद्यार्थीहरुले सड्क अवरुद्ध गरेका छन ।बिहीबार पौने १० बजेतिर तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया बिजिता केसीको मृत्यु भएपछि विद्यार्थीले तुलसीपुरको वीरेन्द्र चोकमा सडक अवरूद्व गरेका हुन् ।
तुलसी आवासीय माविमा विद्यार्थीहरुले वीरेन्द्र चोकमा सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा तुलसीपुरमा भित्रिने र बाहिरिने कुनै सवारी चल्न सकेका छैनन् । हत्यारालाई कारवाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार
Comments