काठमाडौं। उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ अन्य ५ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका– ३ जरुवास्थित भित्रि सडकमा तामलडाँडाबाट कटारीतर्फ जाँदै गरेको को १ प ३०६० नम्बरको जिप अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा बोलेरोमा सवार मोरङ पथरी बस्ने ६१ वर्षीय टिका नारायण श्रेष्ठ, उदयपुरगढि गाँउपालिका–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षकै मिननारायण श्रेष्ठ र मोरङ पथरी शनिश्वरे नगरपालिका–४ का ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । घाइेतहरुमा लक्ष्मी प्रसाद राई ,भारत दार्जलिङका पबन राई भुपाल राई आशिष लिम्बु रहेका छन् ।
प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार
Comments