काठमाडौं। काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ महानगरपालिकाका तर्फबाट मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले आज नेपाली सेनाको मुख्यालयमा एक कार्यक्रमबीच सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै मेयर शाक्यले नागरिकलाई सेवा प्रवाह गर्न काठमाडौँ महानगरपालिका प्रयासरत रहेको भन्दै यो त्यसैको एक कदम भएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिका सकेसम्म आफै अस्पताल सञ्चालन गर्ने योजनामा थियो ।
तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरबासीलाई आवश्यक सेवा दिने प्रयास गर्दै आएका छौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘केही पहिला मात्रै हामीले कान्तिवाल अस्पताललाई अक्सिजन प्लान्ट राख्ने सन्दर्भमा सम्झौता गरेका थियौँ ।
प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार
Comments