धनकुटा। चौबिसे गाँउपालिका–७ एक्लेबरमा बुधबार बेलुकी सवारी साधनले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा चौबिसे गाँउपालिका–५ डाँडागाँउका ५६ वर्षीय दिलिप कुमार याख्खा रहेको धनकुटा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक्लेबर भित्री सडकखण्डमा नम्बर नखुलेको सवारी साधनले किचेको अवस्थामा बुधबार बेलुकी ७ बजे याख्खाको शव भेटिएको थियो ।दुर्घटनापछि २ वटा पिकअप भ्यान सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments