काठमाडौं । कलंकी–कोटेश्वर हुँदै भक्तपुरको जगातीको सडकमा शुक्रबार र शनिबार सवारी संचालन गर्न नपाइने भएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन उक्त सडक खण्डमा साइक्लिङ हुने भएकोले शुक्रबार र शनिबार पाँच घन्टा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
साइक्लिङकालागि मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो सडकमा एसएसपी ढकालका अनुसार बिहान ११ देखि ४ बजेसम्म सवारी चलाउन पाइनेछैन ।
कोटेश्वरबाट जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने ट्राफिक प्रहरीले जानकारी समेत गराएको छ ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments