काठमाडौं । सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् ।
कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय रहेको खुल्न आएको छ । तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन् ।
भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।
घटनाको भएको बेला ५३ जना भारतीय कामदार कारखाना तथा आवास क्षेत्रमा रहेको बताइएको छ । विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन् ।एजेन्सी
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments