नेपाली सेनाका प्रधान सेनापतिलाई भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ सम्झनाको चिनो

0

भक्तपुर। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई बुधबार भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ उपहारस्वरुप प्रदान गर्नुभयो ।

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित लोपोन्मुख अवस्थामा रहेको भक्तपुरको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको रानी पोखरी जीर्णोद्धार कार्यमा नेपाली सेनाबाट भएको सहयोग र समन्वयप्रति हार्दिक आभार प्रकट गर्दै भक्तपुर नगरपालिकाको तर्फबाट सम्झनाको चिनो ‘मयुर झ्याल’ उपहार प्रदान गरिएको थियो ।

बुधबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा नेपाली सेनाले आयोजना गरेको मायाको चिनो आदानप्रदान कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले कलात्मक ‘मयुर झ्याल’ प्रदान गरेकोमा नेपाली सेनाको तर्फबाट धन्यवाद दिनुहुँदै भक्तपुरको मौलिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा जगेर्ना गर्न नेपाली सेना, स्थानीय नागरिकसँग सहकार्य गर्न सँधै तयार रहेको बताउनुभयो ।

महारथी थापाले नागरिक र सेनाबीचको सम्बन्ध परापूर्वकालदेखि कायम रहेको र त्यो सम्बन्धलाई मजबुत पार्न भक्तपुर नगरपालिकाले खेलेको भूमिका सकारात्मक रहेको चर्चा गर्नुहुँदै नेपाली सेनाले अन्य नगरपालिकासँग पनि सहकार्य र समन्वय गर्दै प्राचीन ऐतिहासिक ठाउँहरुको संरक्षणमा लागिपरेको बताउनुभयो ।

नेपाली सेना र भक्तपुरबासीबीच अन्योन्यास्रित सम्बन्ध रहेको जिकिर गर्नुहुँदै महारथी थापाले इतिहास संरक्षण गर्ने क्रमसँगै हरियाली प्रवद्र्धनको लागि ठाउँ ठाउँमा बोटविरुवा रोप्ने कार्यलाई पनि प्राथमिकतामा राखी विभिन्न योजनाहरु कार्यान्वयन भइरहेको जानकारी गराउनुभयो ।

नेपालको इतिहास युवा पुस्ताले बिर्सदै जाने खतरा भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै उहाँले राष्ट्रिय सार्वभौमिकता र भू–अखण्डता रक्षाको निम्ति पनि युवा पुस्तालाई नेपालको इतिहास, संस्कृति, संस्कार र मौलिकताबारे सचेत बनाउन आवश्यक भएको बताउनुभयो । उहाँले नेपाली सेना राष्ट्रको निम्ति आवश्यक अनुशासित नागरिक तयार गर्न प्रयासरत रहेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरबासी जनता र नेपाली सेनाबीच सुमधुर सम्बन्ध स्थापित गर्दै जाने उद्देश्यले नगरपालिकाको तर्फबाट मायाको चिनोस्वरुप प्रसिद्ध मयुर झ्याल उपहार प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भक्तपुरको प्रख्यात मयुर झ्यालले जनता र सेनाबीचको सुमधुर सम्बन्धलाई निरन्तरता दिइरहने विश्वास प्रकट गर्नुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित सिद्धपोखरी उत्तरतर्फको खेल मैदान स्थानीय नगरबासी खेलाडीहरुले समेत खेल्न उपलब्ध गराउनुभएकोमा नेपाली सेना र प्रधान सेनापति थापालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाली सेनासँगको समन्वयमा ३ वटा समूहबाट १२२ जना युवाहरुलाई विपद् व्यवस्थापन तथा उद्धारको तालिम सम्पन्न गरिसकेका जानकारी गराउनुहुँदै प्रमुख प्रजापतिले महिनाको १ र १५ गते हुने नियमित सफाइ कार्यक्रममा पनि समय–समयमा नेपाली सेनाका जवानहरुको सहभागिताले सफाइमा नमुना नगर बनाउने योजनामा थप मनोबल बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भूकम्पले करिब ८ हजार घर र ११५ भन्दा बढी सम्पदाहरु बिग्रेकोमा निजी घरहरु र सम्पदाहरुको पुनःनिर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ ।’ बि.सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११६ वटा सम्पदाहरुमध्ये भक्तपुर नगरपालिकाले हालसम्म ९१ वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न गरिसकेको छ भने डेढ दर्जनभन्दा बढी सम्पदा निर्माणाधीन अवस्थामा छन्’ – उहाँले भन्नुभयो ।

प्रमुख प्रजापतिले च्वङा गणेश मन्दिर परिसर ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको भएकोले उक्त स्थानमा स्थानीय जनताले सेनासँगको समन्वयमा भौतिक संरचना निर्माण, सरसफाइ तथा संरक्षणको काम गर्दै आएको छ भन्नुभयो ।

कार्यक्रममा नेपाली सेना रथी, उपरथी, अधिकृत र भक्तपुर नगरपालिकाका वडाध्यक्षहरू रबिन्द्र ज्याख्व, उकेश कवां, श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला र प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा महारथी पूर्णचन्द्र थापाले प्रमुख प्रजापतिलाई सैनिक चिन्ह अंकित मायाको चिनो र ‘द नेपाली आर्मी’ नामक पिक्टोरियल बुक प्रदान गर्नुभयो ।

प्रकाशित मितिः २०७६ मंसिर १८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション