काठमाडौं। बहुविवाहको मुद्दा खेपिरहेका चलचित्र निर्माता छविराज ओझाको मुद्दामा आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा ओझाको मुद्दा बिहीबार सुनुवाईका लागि पेशीमा राखिएको छ ।
गत साउन ५ गते ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा उनकी पत्नी हेमा ओझाले जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काठमाडौंले ओझासहित उनकी पत्नी शिल्पा पोखरेलविरुद्द पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यसलगत्तै ओझा उच्च अदालत पाटन पुगेका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरिदिएपछि उनी उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै मंसिर १० गते सर्वोच्च अदालत पुगेका हुन् । यसअघि सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलाशले उनीहरुलाई तत्काल नपक्रन अल्पकालीन आदेश जारी गरेको थियो ।
प्रकाशित मितिः२०७६ मंसिर १२ बिहीबार
Comments