काठमाडौँ । वीरगञ्जमा काम गर्ने क्रममा छतबाट खसेर एक भारतीय कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलम रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सोमबार अपराह्न दुर्गा पल्पस फ्याक्ट्रीमा डकर्मीको काम गर्ने क्रममा आलम २ तले भवनबाट खसेका थिए । उनको उपचारका क्रममा गण्डक अस्पताल वीरगञ्जमा मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ भदौ १० मंगलबार
Comments