काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएन) युके राज्य परिषद स्कटल्यान्डको सेप्टेम्बर १४ मा हुने निर्वाचनमा दिवाकर पान्डेयले सचिव पदमा उम्मेद्वारी दिएका छन् । गुल्मीको सत्यवति गाउँपालिका–१, अस्लेवा जन्मस्थान भएका पान्डेय विगत ७ वर्षदेखि स्कटल्यान्डमा बस्दै आएका छन् ।
स्कटल्यान्ड राज्य समितिको सह सचिव पदमा रही करिव १ बर्ष काम गरेका पान्डेयले यो चुनावमा सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । पान्डेयले कर्मथलो स्कटल्यान्डसँग गाँसिएको नेपाली समुदाय आफ्नो परिवार मान्दै सेप्टेम्बर १४ मा हुन लागेको चुनावमा मेरो उम्मेदवारीले मेरो सिंगो परिवारको मन जित्नेमा आफु विश्वस्त भएको बताएका छन् ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments