दाङ । दाङसहितका क्षेत्रमा मंगलबार रातिदेखि नै निरन्तर वर्षा भैरहेको छ । जसले गर्दा पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।
जल सतह बढ्ने क्रममा रहेकाले नदि तटीय क्षेत्रमा सावधानी अपनाउन समेत आग्रह गरिएको छ । स –साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने र होचो भुभागहरुमा डुबान हुन सक्ने सम्भवना भएकाले ‘उच्च सतर्कता अपनाउनु आग्रह गरिएको हो ।’
प्रकाशित मितिः २०७६ साउन ८ बुधबार
Comments