काठमाडौं । सुत्केरी र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएपछि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बिहीबार दिनभर तनावग्रस्त बनेको थियो।
अस्पतालमा उपचारका क्रममा नुवाकोटकी ३७ वर्षीया कल्पना तामाङ र उनको बच्चाको मृत्यु भएको हो। आफन्तले सत्यतथ्य बाहिर ल्याउनु पर्ने भन्दै आवाज उठाएपछि तनाव उत्पन्न भएको हो। सो क्रममा अस्पतालसँग वार्ताको सहजीकरण प्रदेश ३ की उपसभामुख राधिका तामाङले गरेकी थिइन्।
वार्तापछि मृतकको शव दाहासंस्कारका लागि नुवाकोट लगिएको छ। अस्पतालको अवस्था सामान्य बनिसकेको छ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments