काठमाडौं । जंगली च्याउ खाँदा ललितपुरमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् ।
ललितपुरको लामाटार जंगलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बयलकोटीको मृत्यु भएको हो ।
सोमबार साँझ च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मंगलबार बिहान मृत्यु गएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी परेका बर्दियाका हिक्मत ज्ञवाली र विमल थापाको पाटन अस्पतालमा उपचार भैरहेको छ ।
प्रकाशित मितिः २०७६ असार २४ मंगलवार
Comments