काठमाडौँ । दाङका एक युवा ६ दिनदेखि बेपत्ता भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासीले बताए ।
असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए । हाँस धनीले हप्काएपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको बताएका छन् ।
प्रकाशित मितिः २०७६ असार २३ सोमबार
Comments