दबाबमै रोकियो विषादी परीक्षण

0

 काठमाडौं । भारतबाट आयात गरिने फलफुल तथा तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला नभएको सरकारले कारण देखाउदै सरकारले हाललाई विषादी परीक्षण रोकेपछि यो प्रकरण विवादमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त पूर्वाधार नहुदा हाललाई परीक्षण स्थगित भएको र छिट्टै परीक्षण गर्ने व्यवस्था गरेर फेरी सुरु गर्ने बताएको अर्को दिन कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले पनि आइतबार प्रतिनिधी सभाको बैठकमा तत्कालै जीवनाशक विषादीको अवशेष परीक्षण गर्ने उपकरणसहितको भौतिक पूर्वाधार कर्णालीबाहेकका ७ प्रदेशको ८ स्थानमा रहेको प्रष्टिकरण दिएर यस विषयमा सरकारमै मतभेद रहेको संकेत दिएका छन् ।

मन्त्री खनालले प्रधानमन्त्री र बाणिज्य मन्त्रालयले विषादी परीक्षणका विषयमा दिएको दलिलको खण्डन गरेका छन् । त्यतिमात्र होइन मन्त्री खनालले विषादीको दर मापन गर्ने प्रयोगशाला सञ्चालनमा रहेको समेत खुलासा गरे । उनले दुई प्यारामिटर कार्वानेट र अर्गानोफस्फेट समूहको विषादी परीक्षण गर्ने क्षमताका यस्ता प्रयोगशाला भएको प्रतिनिधीसभामा जानकारी दिए ।

उनले भने, ‘आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने र निर्णय फिर्ता लिने दुवै प्रस्ताव बाणिज्य मन्त्रालयले लगेको हो, हाम्रो मन्त्रालयले होइन,’ उनले भने, ‘हामीसँग तरकारी खान लायक छ वा छैन भनेर छुट्टयाउने बिशेषता भएको प्रयोगशाला कर्णालीवाहेक सात प्रदेशमा सात जिल्लामा छन् । यस्ता जाँचलाई दुरुस्त गर्न ७ प्रयोगशालाबाट परीक्षण सुरु गरेका थियौं । तर परीक्षण गर्न तत्कालै पूर्वाधार नभएको भन्दै रोकियो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यस प्रकरणमा शनिबार नेकपाको संसदीय दलको तयारी नपुगेकाले मन्त्रालयको सुझाव अनुसार हाललाई विषादी परीक्षण स्थगित भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको बताएका थिए ।

भारतबाट पत्र आयो खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ। कसले पढ्यो त्यो पत्ररु मैले बुझेको छैन, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारीबिना यस्तो भयो । त्यस कारण अलिकति समस्या पर्यो् । हाललाई यसलाई छोड्नु पर्योच र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु पर्योअ, क्वारेन्टाइन विकास गर्नु पर्योर अनि यसलाई लागू गर्नु पर्योर भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्यौं हालका निम्ति ।ु

प्रधानमन्त्री ओलीले सीमामा विषादी जाँचपासको व्यवस्था भएपछि यो प्रक्रिया सुरु हुने बताए । त्यसलाई जाँच्न सक्ने अवस्था हामी विकास गर्दै छौं । त्यतापट्टि सरकारको ध्यान छ । त्यो सरकारको ध्यान छ भन्ने कुरा यसमा प्रकट भयो । तर ध्यान अलिकति एक स्टेप फरवार्ड भएछ । अलि बढी छिटो भयो ।

प्रधानमन्त्री ओलीले सरकारले जनताले शुद्ध र विष रहित खानेकुरा खान पाउन् भन्ने सरकारको चाहना भएको बताए । विषादीयूक्त चिज खानु हुँदैन । त्यो हामीले नै भनेको हो । अहिले जान्ने धेरै निस्किए । त्यो हामीले नै भन्यौं । अनि सबैको ध्यान गय उनले भने, नेपाललाई हामी अर्गानिक नाउन चाहन्छौं । खाने कुरा शुद्ध होस् । हाम्रो भान्सामा विष नपुगोस् । त्यो हाम्रो आकांक्षा हो । र,यसलाई हामी पूरा गर्छौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजधानीसहित प्रादेशिक संरचनाअनुसार कर्णालीवाहेक ८ स्थानमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाई’ सञ्चालनमा ल्याएको छ । त्यसवाहेक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता प्राप्त केन्द्रिय प्रयोगशाला पनि छ ।

खाद्य विभागको बाहेक सञ्चालनमा रहेका ८ प्रयोगशालामा भएका फोटोस्पेक्टोमिटरको सहयोगमा तरकारी तथा फलफूल ‘खान लायक छ वा छैंन’, ‘केही दिन पर्खेर खान सकिने’ वा ‘नष्ट नै गर्नुपर्ने’ ५ मिनेटमै पत्ता लगाउन सकिन्छ ।

‘दबाब थेग्न नसकेपछि’ सरकारले उल्टो प्रस्टीकरण दिएको यसका विज्ञहरूले बताए। सरकारको यो निर्णयका कारण आम उपभोक्ताको स्वास्थ्य जोखिममा पर्नुका साथै किसानको स्वदेशी बजार गुमेको छ ।

प्रधानमन्त्री र बाणिज्य मन्त्रालयले दावी गरेजस्तो यि आठ वटै द्रुत विषादी प्रयोगशाला भारतको जस्तो निक्कै टाढा पनि छैनन् । भारतसँग सीमा जोडिएका प्रायः सबै सीमा क्षेत्र नजिकै यस्ता प्रयोगशाला सञ्चालनमा छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय कृषि प्रयोगशाला मातहत सञ्चालनमा रहेका ८ वटै प्रयोगशालाले मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको बारेमा तत्कालै रिर्पोट दिने क्षमता राख्छन् ।

झापाको विर्तामोड, मोरङको बिराटनगर, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटबल, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज, कैलालीको अत्तरिया र काठमाडौंको कालिमाटीमा यस्ता प्रयोगशाला सञ्चालनमा छन् ।

बीरगञ्जबाट आयात हुने तरकारीको परीक्षणका लागि सर्लाहीको नवलपुरमा व्यवस्था गरिएको छ । बाँकी अन्य प्रयोगशाला भन्सार कार्यालय भएको जिल्लामै सञ्चालनमा छन् । नेपालले सीमा नजिकैका ७ स्थानमा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएपनि भारतले भने यस्तो कुनै व्यवस्था हालसम्म गरेको छैंन् ।

प्रकाशित मितिः २०७६ असार २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション