काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न समयमा दिएका अभिव्यक्ति तथा सन्देशरुको संग्रह प्रकाशित भएको छ । शाहले गद्दीमा रहेको र त्यसपछि पनि विभिन्न अवसरमा दिएका अभिव्यक्ति तथा सन्देशहरुको संकलनका रुपमा सन्देश संग्रह ९२०५८–२०७६० प्रकाशन भएको हो ।
पूर्व राजाको संवाद सचिवालयले सन्देशहरुको संकलन गरी अध्ययन, अनुसन्धान र जानकारीका हेतुले संग्रह प्रकाशित गरेको जनाएको छ । यसमा ज्ञानेन्द्र शाहले गद्दी आरोहण गरेदेखि सत्ता त्याग गर्दासम्म र त्यसपछि पनि विभिन्न अवसर र स्थानमा दिएका सन्देश, अभिव्यक्ति र शुभकामनाहरु पुस्तकमा संग्रहित छन् ।
पुस्तकमा पूर्वराजा शाहका सन्देश तथा महावाणीसहित विभिन्न अवसरमा सहभागी भएका तस्बिरहरु पनि समावेश गरिएको छ । गद्दीमा रहेका बेला राजाको संवाद सचिवालयमा रहेका र हाल पनि पूर्व राजा शाहको संवाद सचिवालयमा रहेका डा। फणिराज पाठकले प्रधान सम्पादन गरेको पुस्तक सोमबार सार्वजनिक भएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औँ जन्मदिनको अवसर पारेर पुस्तक सोमबार सार्वजनिक भएको हो । पुस्तकको सम्पादन मण्डलमा रहेर बिसन्तर शाक्य र उपेन्द्र प्रेमीले सह सम्पादकको भूमिका निर्वाह गरेका हुन् ।
प्रकाशित मितिः २०७६ असार २३ सोमबार
Comments