काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ ।
काठमाडौं–२८ का वडाध्यक्ष भाइराम खड्गी अनुसार उपमेयर खड्गीलाई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको हो ।
घरमै सुतिरहेको बेला अचानक मुटुमा समस्या भएपछि उनलाई विहिबार राति हस्पिटल लगिएको अहिले उनको आईसीयूमा उपचार भइरहेको खड्गीले जानकारी दिए ।
चिकित्सकले एन्जियोग्राम गर्ने तयारी गरेको र उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ ।
प्रकाशित मितिः २०७६ असार २० शुक्रवार
Comments