काठमाडौँ । भारतको गाजियावादमा एक परिवारका पाँच सदस्यको घरभित्रै रहस्यमय मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान न्यू शताब्दीपुरको एक घरमा एक पुरुष (श्रीमान्) र उनका तीन छोराछोरीको शव भेटिएको छ । चारैजनाको मुखमा कालो टेप चप्काइएको छ ।
गम्भीर घाइते अवस्थामा भेटिएकी मृतक पुरुषकी श्रीमतीलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार यो आत्महत्याको घटना हो।
घटनास्थलमा एक सुसाइड नोट पनि भेटिएको छ । मृतक श्रीमानको नाम प्रदीप हो । उनकी श्रीमती स्टाफ नर्स हुन् । तीन बालबालिकाको उमेर ८, ५ र ३ वर्ष छ । आत्महत्याको कारण प्रष्ट भएको छैन । सुसाइड नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७६ असार २० शुक्रवार
Comments