काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा एकाबिहानै ट्रक खसेर दुर्घटना भएको छ। दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार बिहान ६ बजेतिर मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना७ख६७६५ नम्बरको इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको हो ।
दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन। अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ। थप विवरण आउन बाँकी छ।
प्रकाशित मितिः २०७६ असार २० शुक्रवार
Comments