काठमाडौँ । अर्घाखाँचीको सुपादेउराली नजिकै जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सुपादेउराली मन्दिरदेखि नरपानी तर्फ करिब डेढ सय मिटर अगाडि यात्रु बाहक जिप दुर्घटना भएको घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले जनाएको छ ।
कपिलबस्तुको कृष्णनगरबाट बिहान साढे ७ बजे सन्धिखर्कका लागि छुटेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
करिब ११ बजे भएको दुर्घटनामा घटनास्थलमै दुईजनाको मृत्यु भएको र पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार घाइते पाँचजनालाई उपचारार्थ बुटवल ल्याईएको छ ।
प्रकाशित मितिः २०७६ असार १९ बिहिवार
Comments