मनाङ । विगत ४ महिनामा अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । मौसम प्रतिकुल भएर पनि यतिको संख्यामा पर्यटक भित्रनु सकारात्क विषय रहेको सरोकारवालाहरुको भनाइ छ ।
तर यो संख्या बढ्नेमा विश्वास रहेको थियो मौसम अनुकुल नहुँदा पर्यटकको संख्या यतिमै सिमित रहेको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताए । हिमपातका कारण होटल व्यवसायी पनि समयमा गाउँ फर्कन नसक्नु एवं लमजुङ बेसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए तर पनि पर्यटकको संख्यामा गिरावट देखिएन उनले भने ।
गत माघदेखि बैशाखसम्म सबैभन्दा बढी ६०७ इजरायली र कम २१३ भियतनामी पर्यटक भित्रिएका छन् । यो सिजनमा जर्मन, फ्रान्स, ब्रिटिश, रसिया, भियतनाम, इजरायल र अमेरिका गरी जम्मा सात देशका नागरिक मनाङ आएका हुन् । अत्यधिक हिमपातले पर्यटक आवागमनमा प्रभाव पारेको हो । केही दुःखद् घटना घटे पनि आवागगमन निरन्तरता रहिनै रहेको कुरा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।
प्रकाशित मितिः २०७६ जेठ २३ बिहिबार
Comments