स्याङ्जा । स्याङ्जामा गुडिरहेको ट्रकमाथि ढुङ्गा खसेर लाग्दा मंगलबार ट्रक चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिका–३ बाडखोलाका २८ वर्षीय प्रेम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सिद्दार्थ राजमार्ग अन्तर्गतको वालिङ–१३ गाहाखोलामा वालिङबाट गल्याङतर्फ जाँदै गरेको ग १ क ३७७२ नम्बरको ट्रक माथि बिहान साढे एघार बजेतिर ढुङ्गा खस्दा चालक शर्माको मृत्यु भएको हो ।
घाईते भई उपचारको क्रममा उनको प्राथमिक स्वास्थ्य चौकी वालिङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७५ माघ ८ मंगलबार
Comments