काठमाडौं, २८ भदौ । यातायात व्यवसायीले मंगलबारदेखि दसैंको लागि अग्रिग टिकट बुकिङ खुला गरेका छन् । अग्रिम टिकट बुकिङ खुला भएसँगै बसपार्कहरुमा दसैंका लागि घर फर्कने सर्वसाधारणको बिहानैदेखि भीड लागेको छ ।
काठमाडौंको नयाँ बसपार्कदेखि अन्य सवैतिरका टिक काउन्टरहरुमा सर्वसाधरणको भीड लागेको हो । यातायात ब्यवसायीहरुले ढिला टिकट बुकिङ खुला गरेको र बस सयमे नपर्ने समाचार सुनेपछि बिहान ३ बजेदेखि नै सर्वसाधरण टिक काटन बसपार्कमा पुगेका हुन । टिकट पाइसकेपछि यात्रुहरु खुसी देखिन्थे भने केही लामो लाइनमा बस्नु परेको भन्दै दिक्क मानिरहेका थिए ।
बढी भाडा लिन पाउने र हुटमा यात्रु राख्न पाउनु पर्ने आफ्नो माग सरकारले पूरा गर्ने भएपछि दुई दिनअघि टिकट बुकिङ गर्न यातायात व्यवसायी सहमत भएका थिए । गतवर्ष बुकिङ खुलेको ५ घण्टा पनि नबित्दै टिकट सकिएको भन्दै काउन्टर बन्द गरिएको थियो । सोही कारण पनि बिहानैबाट यात्रुहरु टिक काटन लाइनमा बसेका हुन । त्यसो त बिगतका बर्षहरुमा जस्तै यस पटक पनि टिकटमा दलाली र कालोबजारीको समस्या देखिएको छ ।
‘टिकट काटेका सबैलाई सोध्नुस, अघिल्लो सिटहरु कसैले पाएका छैनन, बच्चा र वृद्धवृद्धा लिएर जानुछ भन्नेलाई त अघिको सिट दिनुपर्ने हो । तर, काउन्टर खोल्नासाथ अघिको सिट छैन भनिरहेका छन, यो सवै कालोबजारीका लागि राखिएको हो,’ टिकट काटन काउन्टरमा पुगेर पछिल्लो सिट पाएका यात्रुले बताए ।
Comments