काठमाडौं, २५ भदौ । सरकार समक्ष विभिन्न माग राखेर दशैको अग्रिम टिक नखुलाएका यातायात व्यवसायीसंग अन्नत् सरकारले भाडा बढाउने सहमति गरेको छ । भदौको २७ गते अर्थात आगामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुलेको छ । यातायातमन्त्री वीरबहादुर बलायरसहित सरोकारवालाको शनिबारको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएको यातायात व्यवस्था विभागले बताएको छ ।
यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेर्साएर व्यवसायीले बुकिङ खोलेका थिएनन् । शनिबारको बैठकमा पनि व्यवसायीले भाडा समायोजन प्रक्रिया अघि नबढे बुकिङ नखोल्ने जिकिर गरेका थिए । तर सरकारी पक्षले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् । अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने यातायात विभागका प्रवक्ता डक्टर टोकराज पाण्डेले जानकारी दिए ।
काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख यात्रु बाहिरिने विभागको अनुमान रहेको उनले बताए । व्यवसायीले यसपटक सडकको अवस्था खबराव रहेको, छतमा सामान हाल्न नदिने अव्यवहारिक व्यवस्था गरेको, भाडादर समायोजनामा चासो नदिएको लगायतमा कारण देखाउँदै बुकिङ खोल्न मानेका थिएनन् ।
अन्तत्ः झुक्यो सरकार, खुल्ने भो अग्रीम टिकट बुकिङ
0
Share.
Comments