काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेका रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ । कार्कीले कोशीमा सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सोही रिटको आज सुनुवाइ हुने भएको हो । रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावक रेवतिरमण भन्डारी समर्थक किशोर चन्द्र दुलाल र गणेश उप्रेतीलाई विपक्षी बनाइएको छ ।
कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
Comments