काठमाडौं । इलाममा भएको पिकअप दुर्घटनामा सहचालकको मृत्यु भएको छ । चालक गम्भिर घाइते भएका छन् । इलाम–५ को सापकोटागाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गोरु बोकेको पिकअप गएराति २ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो । गाडी चालक इलाम–४ का २० वर्षीय अभिषेक तिवारीको उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
Comments