काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर धनुषामा एकजनाको मृत्यु भएको छ। मंगलबार राति करिब २ बजेको समयमा मिथिला नगरपालिका २ नकटाझिजस्थित ढल्केबर–जनकपुरधाम सडकखण्डमा बिग्रिएर रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किएको हो।
जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ क ०१६० नम्बरको मोटरसाइकल बिग्रिएर रोकिएको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको टिप्परमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल, जनकपुर ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रकाशित मितिः २०८१ बैशाख १९ बुधबार
Comments