काठमाडौं । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो । शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।
प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार
Comments