काठमाडौं । सर्वोच्च अदालतले गौर नरसंहार सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । आज (बुधबार) न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला सरकारी वकिल कार्यालय रौतहटसमेतको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
गौर नरसंहारबाट पीडित बनेका परिवार तथा आफन्तले दोषीमाथि कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गौर नरसंहारमा नेकपा (माओवादी केन्द्र) का २७ जना कार्यकर्ता मारिएका थिए । २०६३ चैत ७ गते गौरमा माओवादी र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनआधिकार फोरमले एउटै स्थानमा छुट्टाछुट्टै मञ्च बनाएर आमसभा गर्ने क्रममा झडप भएको थियो । तत्कालीन फोरमले योजनावद्ध रुपमा माओवादीका कार्यकर्ता मागरेको आरोप लाग्दै आएको छ ।
ृहाल स्वाथ्य तथा जनसंख्यामन्त्री समेत रहेका उपेन्द्र यादवको उक्त घटनामा प्रत्यक्ष संलग्नता रहेको मधेशवादी दलहरुको आरोप छ । प्रायः मधेशवादी दलहरुले उक्त घटनामा उपेन्द्रलाई कारबाही हुनुपर्ने माग गर्दै आएका छन् । गत २०८० जेठ २१ गते दर्ता भएको उक्त रिटमा पटक–पटक पेशी तोकिएर पनि स्थगित भएको थियो ।
प्रकाशित मितिः २०८१ बैशाख १२ बुधबार
Comments