काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। ०७२ सालको वैशाख १२ गते गएको विनासकारी महाभूकम्पको सम्झनामा गाउँपालिकाले आज बिदा दिएको हो । ०७२ सालको विनासकारी गोरखा भूकम्पको केनद्र रहेको बारपाकमा कयौंले ज्यान गुमाएका थिए ।
भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा पालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । उक्त विनासकारी भूकम्पबाट बारपाकका सहित आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी मानिस घाइते भएको गृह मन्त्रालयको तथ्याङ्क छ ।
भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्यायो ।
प्रकाशित मितिः २०८१ बैशाख १२ बुधबार
Comments