काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा गणेश सिंजाली, लछुमन पुनमगर, रत्नबहादुर बराल, तर्कबहादुर पुनमगर, पूर्ण सिंजाली, जयबहादुर थापामगर र तिलक पौडेल छन् ।
वडाध्यक्ष तुलबहादुर हमालका अनुसार जंगलबाट गाउँ पसेको बँदेलले सुरुमा गणेश सिंजालीलाई आक्रमण गरेको थियो । उनको अवस्था गम्भीर रहेको उनले हमालले जानकारी दिए । त्यही बँदेलले अरु ६ जनालाई पनि आक्रमण गरेको थियो । आक्रमणमा घाइते भएका ३ जनाको खम्बागाडे बजारमा उपचार भइरहेको छ ।
बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका गणेश सिंजालीलाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा रेफर गरिएको छ । गत फागुनमा भैरवी गाउँपालिका–६ कै ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आक्रमण गरेको थियो ।
प्रकाशित मितिः २०८१ बैशाख ११ मंगलबार
Comments