काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१२ मिलिजुली टोल बस्ने ४१ वर्षीय हिराबहादुर गोलेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोले समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३९ हजार ८३० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख ११ मंगलबार
Comments