काठमाडौं । हेटौँडालाई काठमाडौंसम्म जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग चखेल–मातातीर्थ सडक आजदेखि १६ दिनसम्मका लागि बन्द भएको छ । महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक फराकिलो बनाउने काम भैरहेकाले आउँदो २३ गतेसम्मका लागि बन्द गरिएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्ने लगायतका काम भइरहेकोले १६ दिन सडक बन्द गरिएको जानकारी दिए । उनका अनुसार सडकको मकवानपुर र काठमाडौं दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको छ ।
यो सडकबाट आवातजावत गर्ने गाडीलाई फर्पिङको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
प्रकाशित मितिः २०८० चैत्र ०८ बिहिबार
Comments