काठमाडौं । देशको पूर्व र मध्य क्षेत्रमा हिजोदेखि परेको पानीले वनजङ्गलमा लागेको डढेलो निभ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङ्गका अनुसार अहिलेको वर्षाले बाग्मती, मधेश र कोशी प्रदेशमा लागेको डढेलो नियन्त्रणमा लिन सहयोग पुगेको छ ।
केही ठाउँमा डढेलो निभेको जानकारी आएको र कति ठाउँमा निभ्यो भन्ने तथ्याङ्क सङ्कलन भैरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो । प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा दुईसय भन्दा बढी ठाउँमा डढेलो लागेकोमा मोरङमा सबैभन्दा बढी आगलागीका घटना भएका थिए ।
त्यसपछि ताप्लेजुङ र तेह्रथुम जिल्लामा आगलागीका घटना भएका छन् । केही दिनदेखि पूर्वमा धेरै डढेलो लागेको र अहिले पानी पनि पूर्वी क्षेत्रमै धेरै परेकाले डढेलो नियन्त्रणमा निकै मद्दत पुगेको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मितिः २०८० चैत्र ०८ बिहिबार
Comments