काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदली भएको छ । बुधबार बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ ।
जल तथा विपद्विज्ञ धर्मराज उप्रेतीकाअनुसार पश्चिम वायुको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ । सुदूरपश्चिमका पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ ।
देशको अन्य भाग कर्णालीदेखि वागमती प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ । वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा भएको छ । पहाडी क्षेत्रमा भने बादल लागेको उनले बताए ।
बादलका कारण अधिकतम तापक्रममा वृद्धि नहुँदा चिसो महशुस भएको छ । हिमाली क्षेत्रमा भने हिमपात भएको छ । बादल आज रातिदेखि नै हटेर जाने र भोलि बिहीबारदेखि घाम लाग्ने मौसमविद् प्रधानाङ्गले बताए ।
प्रकाशित मितिः २०८० फागुन ०२ बुधबार
Comments