काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा हालै गरिएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट मुद्दा दायर गरिएको छ । अधिवक्ता यज्ञप्रसाद अधिकारी लगायतले मंगलबार सर्वोच्चमा हालका उपकुलपति प्राडा शिवलाल भुसालले गरेको नियुक्तिविरुद्ध सर्वोच्च रिट दायर गरेको हो ।
उक्त रिटमाथि आजका लागि पेसी तोकिएको छ । रिटमा त्रिवि कार्यकारी परिषद्ले गरेको एक जना सहायकयक डिन, तीन जना विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुखको नियुक्ति खारेजीको माग गरिएको छ । उपकुलपति, रेक्टर र रजिस्टार गरी तीन जना निमित्त रहेको परिषद्ले राजनीतिक भागवण्डाको आधारमा नियुक्त गरिएको भन्दै चर्को विरोध भइरहेको छ ।
प्रकाशित मितिः २०८० फागुन ०२ बुधबार
Comments