काठमाडौं । यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा बुधबार नोपलले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आफ्नो पहिलो सुपर सिक्स खेलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनायो । नेपालका लागि मध्यक्रमका ब्याटर विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए भने कप्तान देव खनालले ३५ रन बनाए । सुबास भण्डारी १८ रनमा नटआउट रहे । अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् ।
केही समयपछि बंगलादेशले जवाफी ब्याटिङ गर्नेछ । सुपर सिक्समा नेपालले अर्को खेल २ फेब्रुअरीमा भारतसँग खेल्नेछ । दुवै खेल जिते पनि नेपाल सेमिफाइनल भने पुग्नेछैन ।
प्रकाशित मितिः २०८० माघ १७ बुधबार
Comments