काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । बिहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री रहेकोमा पौने ९ बजे मापन गर्दा घटेर तीन दशमलव पाँच डिग्रीमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको बताए । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रममा पाँच डिग्री सेल्सियस थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना छ ।
आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०८० पौष २० शुक्रबार
Comments